Monday, August 31, 2020

भैंसीले पनि अंग्रेजी बोल्ने लेकसाइडको कथा:

लेकसाइडमा भैंसीले पनि अंग्रेजी बोल्छ: पक्की र धेरै घरहरु नबन्दासम्म लेकसाइड कृषियोग्य र चरन क्षेत्रकै रुपमा रहेको थियो । तिनताका लेकसाइडमा गाईगोरु भन्दा पनि भैंसी पाल्ने चलन बढी थियो । फेवा तालमा भैंसीलाई पानी खुवाउन र आहाल बसाल्न लगिन्थ्यो । यस्तै समयमा लेकसाइडमा विदेशीहरु आउने क्रम बढेर गयो । अनि तिनको संगतले सरकारी स्कुलमा पढेका र बीए÷एमए गरेका विद्यार्थी भन्दा लेकसाइडका सामान्य वालवालिका, महिला र वृद्धवृद्धाहरुले मात्र होइन कामचलाउ भए पनि भैंसी गोठालले समेत लोभलाग्दो गरी अंग्रेजी बोल्न थाले । यति सम्मकी भैंसी आइँ गरेर कराउँदा समेत भैंसीले अंग्रेजीमा आई अर्थात म भनेको भनेर हाँसो गर्न थालियो । र, भनाई नै बन्यो– लेकसाइडमा भैंसीले पनि अंग्रेजी बोल्छ ।

No comments:

Post a Comment